संरक्षणमुखी विकास नै दीगो विकासको आधारः मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री दीपक थापाले अहिलेको आवश्यकता भनेको संरक्षणमुखी विकास भएको बताएका छन् । ४७ औं भु संरक्षण दिवसका अवसरमा शुभकामना दिँदै थापाले नेपालको सन्दर्भमा संरक्षणमुखी विकास नै दीगो विकासको आधार भएको बताएका हुन् ।

मन्त्री थापाले गत बर्षको बर्षायामको करीब ४ महिनाको अवधिमा मात्र गण्डकी प्रदेशमा बेपत्ता २४ जना समेत १५१ जना मानिसहरुको बाढी र पहिरोका कारण अकालमा ज्यान गएको र यस बर्ष पनि श्रावण २३ गतेसम्मको तथ्यांक हेर्दा मुलुकभर बाढी तथा पहिरोले १०५ जनाको अकालमा ज्यान गएको जानकारी दिए ।

बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पु¥याउन एवं भूक्षय कम गरी जमीनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले वि.सं. २०३१ साल श्रावण २४ गते भू तथा जलाधार संरक्षण विभाग स्थापना भएको र जिल्लास्तरमा भूसंरक्षण कार्यालय स्थापना गरी सेवा प्रवाह गरेको उनले जारी गरेका विज्ञप्तिमा उल्लेख छ । विभाग स्थापना भएको श्रावण २४ गतेलाई “भूसंरक्षण दिवस” को रुपमा मनाउने गरिएको पाइन्छ ।

‘यस परिप्रेक्ष्यमा बाढी, पहिरोका हिसाबले उच्च जोखिममा रहेको हाम्रो प्रदेशमा भूसंरक्षणको आवश्यकता र महत्व अधिक छ । गण्डकी प्रदेश सरकारले आ.व. २०७८।७९ को नीति तथा कार्यक्रममा भू तथा जलाधार व्यवस्थापन कार्यालयको मौजुदा संगठनलाई बिस्तार गरी सबै जिल्लाहरुमा कार्यालय स्थापना गरी नजिकबाट सेवा प्रवाह गर्ने सोच बनाएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

अव्यवस्थित नदि उत्खनन, अबैज्ञानिक भूउपयोग, संरक्षण एवं वातावरणमैत्री विकासको अवधारणा विपरित जथाभावी संचालन गरिने विकास निर्माणका कार्यहरु, बनजंगलको विनास, जनचेतनाको कमी आदि मानविय कारणहरु समेतले गर्दा नेपालका गाउँबस्ती र कतिपय शहर बजार समेत हरेक बर्ष बाढी र पहिरोको चपेटामा परी सयौंको ज्यान जाने र अरबौंको भौतिक पूर्वाधार तथा सम्पत्तिको क्षति हुँदै आएको उनले बताए ।

विज्ञप्तिमा ‘नेपालको भिरालो भूबनोटमा बसोबास गर्ने अधिकांस जनताको जीवन प्रणालीसँग जलाधारीय श्रोतहरू (५ज) (जमिन, जल, जंगल, जनावर र जनता) जोडिएका छन् । यी श्रोतहरूको संरक्षण र व्यवस्थापन नै जलाधार व्यवस्थापन हो । त्यसैले संरक्षणमुखी विकास नेपालको दिगो विकासको आधार भएकोले विकाश र संरक्षणलाइ समनान्तर रुपमा अगाडि बढाउन सम्पुर्णलाइ आग्रह गर्दछु ।’ भनिएको छ ।

यसका साथै उनी आईतवार भु संरक्षण दिवसकै अवसरमा वातावरण वृहद जलाधार व्यवस्थापन केन्द्र कास्की, भु तथा जलाधार व्यवस्थापन कार्यालय तनहूँ र वातावरण संरक्षणका लागि महा अभियान कास्कीले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा सहभागि भए ।

आयोजकले वडा प्रहरी कार्यालय बैदामको पछाडी फिर्के खोलाको किनारमा समी, अशोक, बाँस लगायतका विरुवाहरु रोपेको हो ।

कमेन्टहरु
Loading...