पोखरा l गोरखाबाट आएर पोखरा बसोबास गर्दै आएका जनता समाजवादी पार्टीका समर्थहरु संगठित बनेका छन् । शनिवार एक कार्यक्रम गरेर तिलक तिवारीको संयोजकत्वमा 25 सदस्यीय गोरखा-पोखरा सम्पर्क संयन्त्र गठन गरेका छन् ।
जसपा प्रदेश सदस्य दीपक भण्डारीको संयोजकत्वमा भएको कार्यक्रमले तिलक तिवारीको संयोजकत्वमा सम्पर्क समिती गठन गरेको हो । कार्यक्रममा प्रमुख अतिथि मन्तव्य राख्दै गण्डकी प्रदेशका जलस्रोत,ऊर्जा,खानेपानी तथा सिंचाई मन्त्री हरिशरण आचार्यले नवगठित समितिलाई शुभकामना ब्यक्त गर्दै पोखरा बस्दै आएका गोरखालीको समस्यामा मलम लगाने काम गर्ने बिश्वास समेत ब्यक्त गरेका थिए ।
नवगठित समितिका संयोजक तिवारीले सम्पर्क समितिले संगठन निर्माणको कामसंगै परोपकारी काम पनि गर्ने प्रतिबद्धता ब्यक्त गरे ।