नेपालको सबैभन्दा पहिलो र अनलाइनमार्फत फूड डेलिभरी गरिरहेको प्लेटफर्म फुडमाण्डूले फोनपेसँगको सहकार्यमा डिस्काउन्ट क्याम्पेन शुरु गरेको छ ।
फुडमाण्डूले पेमेन्ट गेटवे फोनपेसँग मिलेर पोखरा क्षेत्रका आफ्ना ग्राहकहरुका लागि ध्यानमा राखेर छुट अभियान ल्याएको हो ।
फुडमाण्डूले आफ्ना ग्राहकहरुका लागि प्रत्येक पटकको अर्डरमा फोनपेमार्फत भुक्तानी गरेमा २५ प्रतिशतसम्म वा रु ३ सय सम्मको छुट दिनेछ ।
यसलाई कम्पनीले ग्राहकहरुको लागि असिमित सुबिधा दिने र खानेकुराको साथसाथै छुटबाट फाईदा दिने उद्देश्यले डिस्काउन्ट क्याम्पेन शुरु गरेको हो ।
फुडमाण्डू पोखराकी क्षेत्रिय इनचार्ज नेहा श्रेष्ठले पोखराका ग्राहकहरुलाई विशेष सुबिधा दिनेगरि नयाँ क्याम्पेन ल्याएको बताइन् ।
फुडमाण्डूका ग्राहकहरुले अर्डर गरेको खानेकुराको स्वादका साथसाथै फोनपेमार्फत भुक्तानी गर्दा छुटको मज्जा लिन सक्नेछन्, पोखरा इन्चार्ज श्रेष्ठ भनिन् ।