पोखरा । गण्डकी प्रदेशका पुर्ब मुख्यमन्त्री तथा नेकपा (एमाल) गण्डकी प्रदेशका संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले पदमुक्त बनेको दुईमहिना पुग्नलाग्दा पनि गाडी फिर्ता गरेका छैनन् । मुख्यमन्त्री रहदा गुरुङले पछि एक गाडी थप गरेर दुई गाडी प्रयोग गर्दै आएका थिए । त्यो मध्य एक गाडी भने गुरुङले अझै फिर्ता गरेका छैनन् ।
मन्त्रालयमा गाडी फिर्ताको लागि पत्र बनेको भए पनि मुख्यमन्त्री पोखरेलले पत्र पठाउन आनाकानी गरिरहेका छन् । प्रदेश सरकारले पुर्ब मुख्यमन्त्रीलाई सुविधा दिने घोषणा गर्दा आँफुले कुनै सुविधा नलिने सुविधा नलिने घोषणा गरेका गुरुङले गाडी भने अझै फिर्ता गरेका छैनन् ।