कास्कीका १५५ सहित गण्डकी प्रदेशमा थप ५०८ जनामा संक्रमण

गन्थन संवाददाता । कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा १ सय५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा ५ सय ८ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

त्यस्तै संक्रमणबाट आज कास्कीमा १ जनासहित गण्डकी प्रदेशमा थप २ जनाको ज्यान गएको छ । त्यस्तै कास्कीमा अहिले सक्रिय संक्रमितको संख्या २ हजार १ सय ६९ रहेको छ ।
त्यसैगरि अहिलेसम्म कास्कीमा २७ हजार ९ सय ४५ जनामा संक्रमण पुष्टि भैसकेको छभने ४ सय ६९ जनाको संक्रमणबाट ज्यान गइसकेको छ ।

स्वास्थ्य सुरक्षाको पूर्ण रुपमा पालना गर्न निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।

थप विवरणः

कमेन्टहरु
Loading...