नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले सन्यास लिएका छन् ।
खड्काले मंगलबार बिहान फेसबुक मार्फत अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवाला प्रति कृतज्ञता ब्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्यास लिने निर्णय लिएको छु’ अफिसियल फेसबुक पेजमा पारसले लेखेका छन् ।