मुख्यमन्त्री र मन्त्रीहरु किन भाग्छन् प्रश्नसँग ?

सौगात पोखरेल । कृष्णचन्द्र पोखरेल नेतृत्वको गण्डकी प्रदेश सरकार गठनबाट नै थुप्रै प्रश्नहरु घेरिएको छ । जनताले यतिबेला ति प्रश्नहरुको जबाफ खोजीरहेका छन् । सरकार बनेको दुई महिना नहुँदै किन प्रश्न गर्ने हतार हुन्छ भन्ने हनुमानहरुको प्रश्न पनि हुनसक्छ । तर यसरी नै अरु केहि महिना जाने हो भने सरकारको समय अबधी सकिन्छ । अझै सत्ताका हिमायतीले अर्को प्रश्न पनि गर्छन् -‘ अघिल्लो सरकारले त के गर्या थियो र ?’ त्यहि सरकारले केहि गरेन भनेर त नयाँ सरकारको आवश्यता परेको हो । फेरिएको सरकारले पनि उही चरित्र देखाउने हो भने नयाँ सरकार हुनु र नहुनुको के अर्थ हुन्छ ?

प्रश्नको श्रृंखलाहरु यसप्रकार छ । मुख्यमन्त्रीले बिश्वासको मत लिएसंगै मुख्यमन्त्रीसँग केहि प्रश्नहरु थिए त्यसका लागि मैले सम्पादक हुनुको कारण समयका लागि मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोईरालासंग समय मिलाईदिन आग्रह गरें । बुझेर खबर गरौला भन्ने श्रृंखला करिब एक महिना चल्यो । समय नमिलेपछि मलाई मुख्यमन्त्रीको छोरीको नम्बर प्राप्त भयो । उहाँसंग सम्पर्क गरे समय मिलाउनका लागि अनुरोध गरे । कुरा गरेर खबर गर्छु भनेको बेखबर हुनुभयो । सायद प्रश्नहरुसंग उहाँलाई डर लाग्यो होला भनेर फलोअप गर्नै छाडिदिए ।

नियमित खोपको कार्यक्रम स्थगन भयो । खोप स्थगनको बिषयलाई लिएर बिभिन्न टीका-टिप्पणी सुनिन थाले । यसबारे प्रदेश सरकारको आधिकारिक धारणा बुझौं भनेर स्वास्थ्यमन्त्री मधुमाया अधिकारीसंग सम्पर्क गर्न उनको स्वकीय सचिबहरुलाई सम्पर्क गरें तर सल्लाह गरेर खबर गर्छु भनेका सरोकारवालाहरु आँफै बेखबर बने। अहिले संक्रमण र मृत्युदर पनि बढिरहेको तेस्रो भेरियन्टको लहर सुरु भएको छ । तर मन्त्री ज्युलाई प्रश्नको उत्तर दिने फुर्सद भएन । हामीले मिडिया मार्फत प्रश्न गर्न भने छाडेनौं ।

सरकार बिस्तारको समयमा आन्तरिक मामिला मन्त्री बिन्दु कुमार थापा बिबादित हुनुभयो । हामीलाई सामाजिक संजालको पछि लागेर कसैलाई आरोपित गर्न ठिक लागेन बरु माननीय मन्त्रीसंगै कुरा गर्नुपर्छ भन्ने लाग्यो उनलाई नै सम्पर्क गर्न खोज्यौं । बेलुका खबर गरौला भनेर भन्नु भएको मन्त्रीले पछि फोन उठाउनु भएन उहाँका स्वकीय सचिबहरु पनि पछि खबर गर्छु भन्दै पन्छिने काम भयो । हिजो मात्र थापाको सचिवालयबाट सुर्यजीले मन्त्री तत्काल नबोल्ने बताए ।

मन्त्रीहरु ब्यस्त रहेको भनेपछि ब्यस्तता हेर्न सबै मन्त्रालयतिर एक चक्कर लगाए । मन्त्रीहरु ब्यस्त नै रचन तर खादा माला लगाउन । कोरोनाको यत्रो महामारीको बिचमा भिडजम्मा गरेर सम्मान कार्यक्रम चलिरहेको रहेछ । यता स्वास्थ्य कार्यालय भने तेस्रो भेरियन्टको सुचना राख्न हतार गरिरहेछ ।

कमेन्टहरु
Loading...