गन्थन संवाददाता । गण्डकी प्रदेशमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलका एक जना पनि मन्त्री बन्न सकेनन् । काँग्रेसका ५ जना मन्त्री मध्ये ३ जना शेर बहादुर देउवा प्यानलका छन्भने १ जना गोपालमान श्रेष्ठ प्यानलका र १ जना शशांक कोइराला प्यानलका छन् ।
डोबाटे बिकलाई मन्त्री बनाउने हल्ला चलेपनि उनलाई नराखी बिन्दुकुमार थापालाई मन्त्री बनाउने निर्णय आएपछि गण्डकी मन्त्री मण्डलमा पौडेल प्यानलको शुन्य सहभागिता बन्न पुगेको छ । डोबाटे पौडेल प्यानलका हुन् । त्यस्तै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कोइराला निकटका हुन् । अन्य ३ जना भने देउवा प्यानलका हुन् ।