गण्डकीमा कांग्रेसले पनि छान्यो तीन मन्त्री, कुन पार्टीका को को भए मन्त्री ?

काठमाडौं । गण्डकी प्रदेशमा सत्तारुढ नेपाली कांग्रेसले थप तीनजनालाई मन्त्री बनाउने भएको छ । काँग्रेसका गण्डकी सांसद मणिचन्द्र शर्मा, मेखलाल श्रेष्ठ र विन्दुकुमार थापा अव प्रदेशका मन्त्री हुने भएका छन् । यसअघि विन्दुकुमारको ठाउँमा दोबाटे बिकको नाम चयन गरेको थियो । तर पछि एकाएक नाम परिवर्तन गरि दोबाटेको ठाउँमा विन्दुलाई चयन गरेको छ ।

पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मणिचन्द्रले पाउने भएकाछन् भने मेखलालले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासको जिम्मा पाउने भएका हुन् । त्यस्तै विन्दुकुमारको जिम्मा कानुन, सञ्चार तथा प्रदेश सभा मामिलाको परेको छ ।

माओवादी केन्द्रले भने हिजो (बिहीबार) नै रामजी बराल, दीपक घर्तीमगर र चन्द्रबहादुर बुढालाई मन्त्री बनाउने निर्णय गरेको थियो ।

गण्डकी प्रदेशमा हाल सामाजिक विकास मन्त्री कुमार खड्का, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री हरिशरण आचार्य छन् ।

कमेन्टहरु
Loading...