नेकपा माओवादी केन्द्रले गण्डकी सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम टुङ्गाएको छ ।
विहिबार बसेको पार्टीको बैठकले नयाँ मन्त्रीमा रामजी बराल, चन्द्रबहादुर बुढा र दीपक चर्तिमगरलाई नयाँ मन्त्रीको रुपमा नाम सिफारिस गरेको हो ।
माओवादीबाट यसअघि धुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रीको कार्यभार सम्हाल्दै आएकी छन् ।
नयाँ मन्त्रीपरिषद्मा राजमी बराललाई अर्थ, बुढालाई कृषि र मगरलाई वन मन्त्रीको रुपमा सिफारिस गरिएको हो ।