गण्डकी प्रदेश जडिबुटीको भण्डार क्षेत्र होः मन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले गण्डकी प्रदेशमा बहुमुल्य जडीबुटी भएको प्रदेश भएको बताएकी छिन् ।
गण्डकी आयुर्बेद औषधालयको बार्षिक समिक्षा कार्यक्रममा उहाँले प्रदेशको माथिल्लो भागमा रहेको जिल्लाहरुमा पाईने जडिबुटीको प्रबद्धनबाट प्रदेशको आयुर्बेदिक पर्यटन समेत बिकास हुने बताइन् ।

मानीसको जिवनशैली दैनिक रुपमा भागबिलासी तर्फ गईरहेको अबस्थामा प्राकृतिक उपचार प्रणाली, अर्गानिक खाना अनि औषधीय गुण भएका जडिबुटीको बिकास , संरक्षण, बिस्तारीकरण महत्वपुर्ण बिषय रहेकोमा उनले जोड दिइन् । ग्रामिण भेगका जडिबुटी देखि बिस्व बजारमा बहुमुल्यमा बिक्रिी हुने जडिबुटीलाई राज्यले उचित ब्यबस्थापन गर्न आबस्यक रहेको उनको भनाई थियो । अहिलेको पछिल्लो कोरोना भाईरस संक्रमणले पनि खानपान र रहनसहनमा परिबर्तन आबस्यक रहेको चेतावनी मानवजाती लाई दिएको छ । हामीले यो अबस्थालाई पनि एउटा अबसरको रुपमा लिएर हाम्रा सम्पतीलाई बिस्व बजारमा बजारीकरण गर्न आबस्यक रहेकोमा उहाँले स्पष्ट पारिन् ।

उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. बिनोद बिन्दु शर्माले सिमीत स्रोत साधनका बिचमा पनि गण्डकी आर्युबेद औषधालयले प्रगती गरेको बताए । सरकारले यो क्षेत्रको बिकासका लागि आबस्यक पहल गर्ने र मन्त्रालयले समन्वय गर्ने उनले उल्लेख गरे । औषधालयका प्रमुख डा. कुमार कासुलाले रणनितिक तहगत समस्याहरुको पहिचान भएको र यसको निराकरण हुने अपेक्षा गरेको बताए । आयुर्बेदीक लाई बौद्धिक सम्पतीको रुपमा लिई राज्यले संरक्षण गर्न पर्नेमा उनको जोड थियो । उक्त कार्यक्रममा औषधालयले र्निमाण गरेको प्रदेश भित्रका आर्युबेदीक बिषयका जानकारी समेटिएकोे डायरी बिमोचन गरिएको थियो ।

कमेन्टहरु
Loading...