तनुहँको ऋषिङ–८ मझकोटमा पहिरोमा परी एक जना बेपत्ता भएका छन् ।
अविरल वर्षा संगै आएको पहिरोमा परी ऋषिङ गाउँपालिकाका सुरक्षागार्ड ४१ वर्षीय खुमबहादुर आले वेपत्ता भएका हुन् ।
बिहान गोठमा गएका उनलाई गोठमाथिबाट आएको पहिरोले पुरेको प्रहरीले जानकारी दियो । उनको अवस्था अज्ञात रहेको छ ।
त्यस्तै बन्दिपुर गाँउपालिकाको वडा नम्बर २ खहरेमा ६ घर बगाएको छ ।
फाइल तस्बिर