बाढी–पहिरो प्रभावितलाई उद्दार तथा राहतका कार्य गर्न सरकारसँग अनुरोध

पोखरा । गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले कुश्मा सुन्दरे खोलामा आएको बाढीका कारण वेपत्ता, प्रभावित परिवारको उद्दार, राहत तथा पुनस्र्थापनका लागि तदारुकताका साथ कार्य गर्न तीनै तहका सरकारसँग अनुरोध गरेका छन् । अधिकारीले आज एक विज्ञप्ती जारी गर्दै बस्ती संरक्षणका लागि सरकारसँग अनुरोध गरेका हुन् ।

अविरल वर्षाका कारण हिजो राती कुश्मा ८ दोबिल्लाको सुन्दरे खोलामा बाढी तथा पहिरो खसेको थियो । उक्त खोलामा आएको बाढीले जीप बगाउँदा मध्यपहाडी लोकमार्ग निर्माणमा कार्यरत दुई जना कर्मचारी बेपत्ता भएका छन्। उनीहरुको खोजी कार्य जारी छ ।

कमेन्टहरु
Loading...