गण्डकीका मुख्यमन्त्री पोखरेल भन्छन्, ‘सरकारको पहिलो प्राथमिकता स्वास्थ्य’

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल)ले प्रदेश सरकारको पहिलो प्राथमिकता जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउनु भएको बताएका छन् ।मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा रोगका कारण कोही पनि मर्न नपर्ने अवस्था सिर्जना गर्ने बताएा ।

आँधीखोला गाउँपालिका–५ सेतीदोभानमा आँधीखोला सामुदायिक अस्पतालको शिलान्यास गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएपछि महिलाको स्तन क्यान्सर, पाठेघरको क्यान्सरको निःशुल्क उपचार गर्ने प्रदेश सरकारले निर्णय गरेको जानकारी दिए ।

उनले महामारीको रूपमा फैलिएको कोरोनाले ठूलो क्षति पु¥याएको बताउँदै प्रदेश सरकारले चाडोभन्दा चाडो निःशुल्क खोप दिनेसमेत बताए ।

प्रदेश सरकारले कोरोनाबाट मृत्यु भएका परिवारलाई राहतका साथै ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने मुख्यमन्त्री पोखरेलको भनाइ थियो । मिर्गौला, क्यान्सर र मुटुरोगीको जिल्लामै उपचार गर्नेगरी २५ देखि ५० शैय्याको अस्पताल बनाउने तयारी प्रदेश सरकारले गरेको बताउँदै मुख्यमन्त्री पोखरेलले भीरकोट अस्पतालाई ट्रमा सेन्टर बनाउन बजेट विनियोजन गरेको बताए ।

 

फाइल फोटो

कमेन्टहरु
Loading...