पोखरा । गण्डकी प्रदेश सरकारको सत्ता बाँडफाँड अन्तिम टुङ्गोमा पुगेको छ ।
मुख्यमन्त्री निकट स्रोतका अनुसार सत्तारुढ गठबन्धन बिच आर्थिक मामिला तथा योजना मन्त्रालय माओवादी र भौतिक पूर्वाधार मन्त्रालयले काँग्रेसले पाएका छन् । भने जनता समाजवादी पाटीलाई खानेपानी सिँचाई उर्जा र भुमि व्यबस्था तथा कृषि दिने सहमती जुटेको छ । स्वतन्त्र सांसद दिपक मनाङले भने सामाजिक बिकास र खेलकुद मध्य एक प्राप्त गर्नेछन् । उनले प्राप्त गर्ने मन्त्रालय बारे भने टुङ्गो लागेको छैन ।
माओवादीको तर्फबाट आर्थिक मामिला मन्त्रालयको जिम्मवोरी रामजी वराल जीवनले पाउन सक्ने सम्भावना रहेको स्रोतले बतायो । माओवादी मै आर्थिक मामिलामा हरि बहादुर चुमानले दाबी गरेका कारण टुङ्गोमा पुगेको छैन । कांग्रेसको भागमा परेको भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी कुमार खड्काले पाउने पक्का भएको छ ।
कांग्रेस र माओवादीले आज नै नयाँ मन्त्रीहरुको नाम टुङ्गाउने तयारी थालेको छन् । आज नै मन्त्रीहरुको नाम टुङ्गाएर भोली सपथ ग्रहण गराउने तयारी रहेको छ ।