गन्थन संवाददाता । कास्की जिल्लाको अन्नपूर्ण गाउपालिका वडा नं. १० मा पर्ने किलु स्थित नयाँपुल घान्द्रुक सडक खण्डमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।
सडकमा पहिरो खसेपनि कुनै मानवीय तथा चौपायाको क्षती नभएको प्रहरीले जनाएको छ । साथै बाटो खुलाउने कार्य जारी रहेको वडा प्रहरी कार्यालय बगरले बताएको छ ।