पोखरा । गण्डकी प्रदेश सांसद धनन्जय दवाडीले अहिलेको गण्डकी सरकारको लामो आयुको कामना गरेपनि पुरा नहुने बताएका छन् ।
गण्डकी प्रदेश सभामा आज कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा विश्वासको मतको प्रस्तावमाथीको छलफलमा आफ्ना निम्ती तयार गरिएको गठबन्ध, नीति तथा समस्याको जगमा बनेको सरकार लामो दिर्घायुको कामना गरे पनि पुरा हुन नसक्ने उनले बताएका हुन् ।
मुख्यमन्त्री पाेखरेललाई इंकित गर्दैै सांसद दवाडीले भने ‘आफ्ना निम्ती तयार गर्नुभएको गठबन्धनमा, बिचारमा, बिधिमा, ब्यबहार र समस्याको जगमा बसेर उभिनुभएको तपाइको सरकारको धेरै लामो दिर्घायुको कामना मैले गरे पनि हुन सक्दैन ।’ साथै उनले गठबन्धनबाट नेपालीले प्रस्तुत गरेका मृख्यमन्त्रीको विश्वासको मतलाई आफुले समर्थन गर्न नसक्ने बताए ।