पोखरा । खराव मौसमका कारण मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलसहितको टोली मनाङमा अड्किएको छ ।
मुख्यमन्त्री पोखरेल सहितको टोलीलाई लिन पोखराबाट उडेको हेलिकप्टर अवतरण हुन नसकेपछि पोखरा फर्किएको छ ।
प्रदेश सरकारमा मन्त्री तथा प्रवक्ता कुमार खड्काले जानकारी दिदैं भोली बिहान मै पोखरा आइपुग्ने बताएका छन् ।
खड्काले फेसबुक मार्फत भोली प्रदेश सभामा लिने भनिएको विश्वासको मत मुख्यमन्त्री भोली आउन सम्भव भए भोली नै अन्यथा अर्को बैठकमा लिने जानकारी दिएका छन् ।
अर्को दिन कार्यसूची राख्नेबारे संसद सचिवालसंग कुरा भइसकेको समेत खड्काले जानकारी गराएका छन् ।
मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिएपछि मात्रै बजेटको छलफल अगाडी बढाउने भन्दै असार ४ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको थियो ।