पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद ब्यावस्थापन कोषमा तत्कालका लागि ५ करोड रुपैयाँ राख्ने निर्णय गरेको छ ।
पछिल्लो समय प्रदेशमा बाढी पहिरोले धनजनको क्षती गरेका कारण यसलाई न्यूनीकरण तथा व्यवस्थापनका लागि कोषमा उक्त रकम राखेको हो ।
गण्डकी प्रदेश सांसद धनमाया पोखरेल लामाले सामाजिक सञ्जालमा कोषमा तत्कालका लागि ५ करोड राखिएको जानकारी दिएकी हुन् ।
प्रदेशमा सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी तथा पहिराका घटना भइरहेका छन् ।