नेलम्बोले गर्‍यो धम्पुसमा वृक्षरोपण

पोखरा । नेलम्बो नेपालले धम्पुसमा वृक्षरोपण गरेको छ । कोभिडको रोकथाम र नियन्त्रणमा लाग्दै आएको नेलम्बोले वातावरण क्षेत्रमा पनि विगतका वर्षदेखी कार्य गर्दै आएको छ । सोहि नियमित कार्य अन्तरगत धम्पुसमा वृक्षरोपण गरिएको संस्थाका अध्यक्ष एकदेव देवकोटाले बताए ।

देवकोटाका अनुसार यस वर्ष माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ धम्पुस डाँडा समुदायको मागलाई मध्यनजर राखि १ हजार २० डाले घाँसका विरुवाहरु बकाइनो १५०, राइखन्यु १५०, टाँकी १५०, भटमास १५०, जापानीज कटुस २०, इपिलिपि १००, बडहर १५० र कुरिलो १५० वटा सृर्जनाटोलमा रहेको सृर्जना साँस्कृतिक परिवारको रोवहरमा अध्यक्ष रामचन्द्र भण्डारी, टोल संयोजक गोविन्द राज भण्डारी, समाज सेवी अमृत कुमार भण्डारी लगायतको नेतृत्वमा बोटविरुवा हस्तान्तरण गरि वृक्षारोपण गरिएको हो ।
उक्त समुदायलाई गतवर्षपनि ८०० बोटविरुवा हस्तान्तरण गरि वृक्षारोपण गरिएको देवकोटाले जानकारी दिए ।

उक्त क्षेत्रमा पछिल्लो समय युवाहरु आधुनिक कृषि पेशालाई अगाडी बढाएको र करिब ७० घर कुरीया मध्ये ५० प्रतिशतले बाख्रा पालनवाट राम्रो सफलता हाशिल गरेको हुदाँ अन्य बोट विरुवा भन्दा पनि खेरा गईरहेको पाखोमा डालेघाँसका वोट विरुवाको माग गरि वृक्षारोपण गरिएको साँस्कृतिक परिवारका अध्यक्ष रामचन्द्र भण्डारीले बताए ।

नेलम्बो नेपालले यस टोलमा वातावरण सम्बन्धी वर्षेनी कार्यक्रमहरु गरि यस गाउँलाई विभिन्न क्षेत्रमा सहयोग गरेको वातावरण सरसफाईका लागि फोहोर मैला व्यवस्थापन टोकरी वातावरण संरक्षणको लागि वृक्षारोपण, स्वास्थ्य सम्बन्धी औषधीको उपलब्धताले दुर्गम गाउँलाई पनि सरलता पु¥याएकोमा नेलम्बो नेपाल प्रति धनयवाद व्यक्त गर्दै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गरेको टोल संयोजक गोविन्द राज भण्डारीले बताए ।

कमेन्टहरु
Loading...