आज नेपाल अष्ट्रेलियासँग खेल्दै

काठमाडौं । विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा आज नेपाल अष्ट्रेलियासँग खेल्दैछ ।

कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । यसअघि नेपालले चाइनिज ताइपेईलाई २–० ले हराएको थियो भने ज्वर्डनसँग ३–० ले पराजित भएको थियो ।
समूह बी मा रहेको नेपाल यसअघि नै विश्वकप छनोटबाट बाहिरिसकेको छभने एसिया कपका लागि पनि छनोटमा पर्ने सम्भावना निकै न्यून देखिएको छ ।

कमेन्टहरु
Loading...