सभामुखले बोलाए सर्वदलिय बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि सर्वदलीय बैठक बोलाएका छन् ।

समसामयिक विषयमा छलफल गर्ने भन्दै सभामुख सापकोटाले पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका नेताहरु बोलाएका हुन् ।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार संसद भवनमा सबै दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाइएको छ ।

तर उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने नजाने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार वैठकको लागी कुनैपनि पत्र बालुवाटार पुगेको छैन ।

यसअघि सभामुख सापकोटाले सभामुख सापकोटाले पूर्वसभामुखहरुसँगै कानूनविदहरुसँग समेत छलफल गरेका थिए ।

कमेन्टहरु
Loading...