पोखरा/गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले यहि २७ बिश्वासको मत लिने भएसँगै गण्डकी प्रदेशमा सभामुखको राजिनामा बारेको चर्चाले प्राथमिकता पाएको छ । सत्ता पक्ष पनि प्रतिपक्षी पनि अल्पमतमा रहेको अवस्थामा सभामुखले पदबाट राजिनामा दिएर बिपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर गर्न सक्ने कुरालाई लिएर बहस सिर्जना भएको थियो ।
सभामुखले राजिनामा दिने व्यबस्थाबारे संबिधानमा स्विकृत गर्नुपर्ने अवस्था नभएको माअोबादीका एक सांसदले बताए । सभामुखको राजिनामालाई स्विकृत गर्न नसक्ने भएपछि माओबादी तर्फबाट सांसद भएका सभामुखले आफ्नो पदबाट राजिनामा दिनसक्ने अनुमान गरिएको छ ।
सर्बोच्चले गरेको कृष्ण थापाको सांसद पद थमौतीको अन्तरीम आदेशलाई पुनराबलोकन गरि पाउँ भन्दै जनमोर्चाको संसदीय दलले सर्वोच्चमा रित दायर गरेसँगै त्यसको सुनुवाई पनि भोली हुने बुझिएको छ । पछिल्लो समय बिकसित घटनाक्रमका कारण मुख्यमन्त्री गुरुङले राजिनामा दिने अनुमान समेत गरिएको छ ।
भोली हुने बिश्वासको मतका लागि मतदान हुन्छ वा त्यो भन्दा अगाडि नै मुख्यमन्त्रीले राजिनामा दिन्छन त्यो भने हेर्न बाँकी नै छ । मुख्यमन्त्रीले राजिनामा दिएको वा सांसदबाट बिश्वासको मत प्राप्त नगरेको अवस्थामा नयाँ बन्ने सरकार निर्माणमा सभामुखको भुमिका के हुन्छ ? त्यो पनि मुख्य चासोको बिषय छ ।
राजिनामा स्विकृत गर्न नपर्ने भएपछि सभामुखको राजिनामा आउन सक्ने अनुमान गरिएको छ । सभामुखको राजिनामासँगै नेकपा एमाले माधब नेपाल समुहका सांसद ईन्द्रलाल सापकोटाले कस्तो निर्णय लिन्छन भन्ने कुराले पनि नयाँ सत्तासमिकरण कस्तो बन्छ भन्ने कुराको निर्धारण हुने देखिन्छ ।
२०८१ पुष ७ गते आईतवार
सभामुखको राजिनामा स्विकृत गर्न पर्दैन
कमेन्टहरु