कृष्ण थापालाई सांसद पद थमौती गर्न अदालतको आदेश , गुरुङ सरकारलाई राहत

पोखरा\सांसद पद पुनर्वाहाली गरिपाउँ भनि राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले सर्बोच्चमा हालेको मुद्दा फैसला नहुन्जेलसम्मका लािग सांसद पद थमौती गर्नका लागि अन्तरीम आदेश जारी गरेको छ । न्यायधिस कुमार चुडालको एकल इजलासले थापाको तत्काल सांसद पदबाट नहटाउन अन्तरीम आदेश दिएको हो ।
अदालतले थापाको सांसद पद थमौती गर्न दिएको आदेशले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई ठुलो राहत मिलेको छ । थापाले गुरुङ नेतृत्वलाई सहयोग गरेको अवस्था नयाँ सरकार बन्ने संभाबना हुँदैन बरु गुरुङ नेतृत्वमा नै मध्यावधी निर्वाचनमा जाने संभावना बलियो बनेर गएको छ ।

कमेन्टहरु
Loading...