चीन सरकारको सहयोग पाकिस्तान पुग्यो

चीन सरकारले पाकिस्तानलाई चौंथो पटक सहयोग गरेको कोरोनाविरुद्धको खोप बुधबार पाकिस्तान पुगेको पाकिस्तानमा रहेको चिनियाँ दूतावासले जानकारी दिएको छ ।

चीनको सिनोफार्मद्धारा उत्पादन भएको यस खोपले हाल विश्वमा जारी महामारीविरूद्ध पाकिस्तानलाई सहयोग पु¥याउने चिनियाँ दूतावासले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ ।

मंगलबार चिनियाँ खोपको उद्घाटन समारोहमा भाग लिनु भएका पाकिस्तानका लागि चिनियाँ राजदूत नोङ रोङले महामारीको प्रकोप भएदेखि चिनियाँ र पाकिस्तानी सरकार, सेना र जनताले एक अर्कालाई सबै तरिकामा सहयोग गर्दै आएको र यसले दुई देशको सम्बन्धलाई थप मजबुत बनाएको बताउनु भएको छ ।

चिनियाँ सरकार र सेनाले दिएको सहयोग खोप प्राप्त गर्ने पहिलो देश पाकिस्तान भएकोमा चीनलाई गर्व भएको पनि राजदूतले बताएका छन् ।

कोरोनाविरूद्ध लड्न चीनले पाकिस्तानलाई आफ्नो सहयोग अझ प्रगाढ पार्ने उनले बताएका हुन् । हाल जारी महामारी नसकिएसम्म पाकिस्तानलाई सम्भव सबै सहयोग गर्ने राजदूतले जानकारी दिएका छन् ।

यस वर्षको शुरूमा चिनियाँ सरकारले पाकिस्तानलाई तेस्रो खेप खोपहरु सहयोग पु¥याउन थियो र चिनियाँ सेनाले पाकिस्तानी सेनालाई दोस्रो खेप खोपहरु पनि सहयोग गरेको थियो । चीनले पहिलो खेप खोप सहयोग पाकिस्तानलाई गरेपछि गत फेबे्रअरीको शुरुबाट नै पाकिस्तानले कोरोनाविरुद्ध खोप अभियान गरेको थियो ।

कमेन्टहरु
Loading...