पोखरा, १५ माघ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी राष्ट्रिय औद्योगिक ब्यापार मेला–२०७० को सातौँ दिन बुधबार सम्म मेलास्थलबाट ५ करोड २५ लाखको कारोवार भएको छ । आयोजक संस्था पोखरा उद्योग बाणिज्य संघका महासचिव नारायण कोइरालाका अनुसार ५३ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् । उनका अनुसार आइतबार झण्डै ८ हजार दर्शकले मेलाको अवलोकन गरे भने ३५ लाखको कारोवार भयो । यता मेला अन्तर्गत भएको एकल नृत्य प्रतियोगितामा अमिषा परियार, मनिषा दाहाल, स्वेता गुरुङ, नर्मदा कुवँर, एलिना जिसि , उर्मिला गुरुङ, एलिना पुन, सिद्धिका गुरुङ, प्रकृति थापा, दिपेश लामा, प्रिया अधिकारी र कृपा बुढाथोकी अन्तिम चरणमा दोस्रो चरणमा प्रवेश गरेका छन् । उनीहरुलाई अव मेलामा सहभागिहले भोट मार्फत विजयी गराउन सघाउनेछन् । यसैगरी अन्तर जिल्ला उद्योग बाणिज्य संघ लोक दोहोरी प्रतियोगिता अन्तर्गत लेखनाथ र बुटबल तथा धादिङ्ग र म्याग्दी उद्योग बाणिज्य संघबीच सम्पन्न दोहोरी गीत प्रतिष्पर्धामा बुटबल र म्याग्दी विजयी भए ।
विहीबार लोकदोहोरी तर्फ वलिङ र तनहुँ एवं बाग्लुङ र पोखरा उद्योग वाणिज्य संघको विच प्रतिस्पर्धा हुनेछ । कलाकार तर्फ पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुली, राजन कार्की चन्द्र शर्मा, सिता केसी, रतिमायाँ खड्का,कृष्ण देवकोटा, जिवन दाहालको प्रस्तुती रहनेछ भने हास्यँव्यङग्य तर्फको मुख्य आकर्षक रवि ढंगोल र पूर्ण थापा रहनेछन् । त्यस्तै कमेडी डान्स तर्फ दिपक थापाको प्रस्तुती रहनेछ । पप तथा आधुनिक तर्फ धमेन्द्र सेवान, विग आइकन २०१२ को विजेता मुस्कान रानाभाट, आजाद ढुङगाना, पोखरा तारा सुरज थापा मगरको प्रस्तुतीले पनि दर्शकलाई भरपुर मनोरञ्जन दिने सास्कृतिक उपसमिति संयोजक दामु अधिकारीले जनाए । साथै आकर्षक मोर्डन डान्सले समेत दर्शकलाई मनोरञ्जन दिलाइने संघले जनाएको छ ।
यता संघले दैनिक प्रवेश टिकटमा राखेको सामसुङ मोवाइलको टचस्किन सेटको पुरस्कार मंसिर १४ गतेको १५३९२ नम्बरको टिकटलाई प्राप्त भएको संघको सचिवालयले जनाएको छ । लगानीको सम्वद्र्धन, उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने नारासहित आयोजित मेलामा खाद्य, दैनिक उपभोग्य बस्तु, लत्ताकपडा,अटो, पुष्प, लगातका २ सय ७० वटा स्टल रहेका छन् । मेला माघ २० गतेसम्म चल्नेछ ।