एमाले रुपा गाउँपालिकाद्धारा कोरोना संक्रमितका लागि खाद्य तथा स्वास्थ्य सामाग्री सहयोग

पोखरा । नेकपा एमाले रुपा गाउँपालिका कमिटीले रुपा गाउँपालिका भित्रका कोरोना संक्रमितलाई खाद्यन्न तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कोरोना संक्रमण भई होम आइसोलेशनमा रहेका संक्रमितहरुका लागि पौष्टिक आहारको र स्वास्थ्य सामाग्री प्रदान गरिएको गाउँपालिका कमिटी सचिव टेक बहादुर गुरुङले जानकारी दिए ।

No description available.

उनका अनुसार रुपा भित्र रहेका ८५ जना संक्रमितका लागि १ सय २७ केजी चना , १ हजार २० वटा अण्डा , ५ केटी सुकाएको च्याउ र १ हजार पिस मास्क गाउँपालिका अध्यक्ष नवराज ओझालाई हस्तान्तरण गरिएको हो ।

युवा संघ केन्द्रिय सदस्य निलकण्ठ रेग्मीले पहिलो चरणका संक्रमितलाई लक्षित गरि सहयोग हस्तान्तरण गरिएको र निरन्तर रुपमा सहयोग गरिने बताए ।

गाउँपालिका अध्यक्ष नवराज ओझाले कोराना विरुद्धको लडाँई सबै एकजुट भइ लाग्नुपर्ने वताउँदै सहयोगको निरन्तरता अपेक्षा सहित धन्यवाद व्यक्त गरेका थिए ।

कमेन्टहरु
Loading...