काठमाडौं । नेकपा एमालेले बाग्मती प्रदेशका १४ सांसदलाई स्पष्टीकरण सोधेको छ ।
राष्ट्रिय सभा निर्वाचनमा एमाले उम्मेदवार राम बहादुर थापा विरुद्ध मतदान गरेका १४ सांसदलाई स्पष्टीकरण सोधिएको हो ।
एमाले बाग्मती प्रदेशका सांसदहरु अष्टलक्ष्मी शाक्य, अरुण नेपाल, राजेन्द्र पाण्डे,रचना खड्का ,कुसुम कार्की,मुनु सिग्देल, बसुन्धारा हुमागाईं, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्ण खनाल,बसन्त मानन्धर,शान्तिराम पौडेल, पार्वती सिलवाल र मिना ज्ञवालीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।