संक्रमितको हौसला बढाउन घरघरमै पुगे वडाध्यक्ष

तनहुँ ।
पछिल्लो समय कोभिड संक्रमण दिनानुदिन बढ्दै गैरहेको छ । सरकारले अत्यावस्यक कामबाहेक घर बाहिर ननिस्कनको लागि सर्वसाधारणलाई आग्रह पनि गरेको छ । जिल्लाजिल्लामा निषेधाज्ञा पनि लगाइएको छ तर पनि संक्रमणदर घटेको छैन । संक्रमित भएकाहरु केही अस्पतालमा उपचार गराइरहेका छन् भने केही होम आइसोलेसनमा बसेका छन् । होम आइसोलेसनमा बसेका संक्रमितलाई हौसला बढाउनका लागि भने जनप्रतिनिधि आफै खटिएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी भने यतिखेर संक्रमितको घरघरमै पुगेका छन् । होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई घरमा नै पुगि हौसला बढाउनुका साथै उनले पौष्टिक आहार समेत प्रदान गरेका छन् । घरमै बसेका १० जना संक्रमितलाई भेटेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको उनले बताए । यस्तो अवस्थामा रहेका सक्रमितको मनोवल उच्च राख्न र हौसला प्रदान गर्न उनीहरुको घरघरमै पुगि स्वास्थ्य अवस्था बुझेका हौँ ।

टोलका प्रतिनिधि र स्वास्थ्यकर्मीसहितको टोलीले भेट गरेका हौ, सो अवसरमा भिटामिन सी,भिटामिन वि कम्प्लेक्स, मास्क ,सेनीटाइजर, थर्मोमिटर, ग्लोव्स, प्यारासिटामोललगायतका सामग्र्रीहरु वितरण गरिएको उनले बताए । समाज र छिमेकीले ठुलै अपराध गरेझै गर्ने व्यवहारप्रति नमिठो गुनासो भएतापनि छिट्टै कोभिड जित्ने उनीहरुको दृढ आत्मविस्वासले खुशी तुल्याएको वडाध्यक्ष रेग्मीले बताए ।

जनप्रतिनिधी तथा स्वास्थ्यकर्मीसहितको टोलीले घरमै आइ भेट गर्दा परिवारका सदस्यहरु खुशी भएका थिए । ‘स्वास्थ्य सावधानी अपनाएर दुरी कायम गरी संक्रमितलाई भेट गरिएको थियो,’ उनले भने ।

कमेन्टहरु
Loading...