लमजुङमा ५ बर्ष मुनीका बालबालिकाको उपचार निःशुल्क

लमजुङ ।
जिल्ला अस्पताल लमजुङले ५ बर्षभन्दा कम उमेरका बालबालिकालाई सबै स्वास्थ्य सेवा निःशुल्क उपचार सेवा दिन भएको छ ।

मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) को सहयोगमा ५ बर्ष मुनीका बालबालिकाको सबै उपचार निःशुल्क गरिने भएकोे अस्पताल प्रशासक हेमन्त श्रेष्ठले बताए । उनका अनुसार उक्त सेवा लिन आफ्नो वडा कार्यालयमा बालबालिकाको जन्मदर्ता अनिबार्य गरेको हुनुपर्ने र उपचार सेवा लिँदा जन्मदर्ताको फोटोकपी पेश गर्नुपर्ने अस्पतालले जनाएको छ ।

अस्पतालले सार्वजनिक सूचना जारी गर्दै अस्पतालले ५ बर्ष मुनीका बालबालिकालाई निःशुल्क उपचार सेवा दिने बताएको हो । यसअघि लमजुङ जिल्ला सामुदायीक अस्पतालको नामबाट संचालित यो अस्पताल अहिले गण्डकी प्रदेश मातहात रहेर लमजुङ जिल्ला अस्पतालको नामबाट संचालन हुँदै आएको छ ।

अस्पताल प्रशासक श्रेष्ठका अनुसार ५ बर्षभन्दा कम उमेरका बालबालिकालाई अस्पतालको अन्तरंग, बहिरंग, आकस्मिक, ल्याब, भिडियो एक्सरे, लगायतका सबैै सेवा निःशुल्क हुनेछ । ३ बर्षसम्म संचालन हुने यो कार्यक्रम बिक्रम सम्बत २०८० सम्म संचालन हुने अस्पतालले जनाएको छ ।

कमेन्टहरु
Loading...