तनहुँ ।
तनहुँको दमौली अस्पताल र व्यास नगरपालिकाको आइसोलेसनका लागि स्वास्थ्य सामग्री प्राप्त भएको छ । शनिबार गोरखा वेल्फेयर ट्रस्टले दमौली अस्पताल र व्यास नगरपालिकाको आइसोलेसनका लागि आवस्यक स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
हाल विस्वभरि महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि गोर्खा वेल्फेयर ट्रस्ट नेपाल ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रमको तर्फबाट दमौली अस्पताल र व्यास नगरपालिकाको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री प्रदान गरेको पस्चिम क्षेत्रिय कार्यालय पोखराका प्रमुख बुद्ध गुरुङले बताए ।
ट्रस्टले पिपीइ, माक्स, सेनीटाइजर, फेससिल्ड,मेडिकल गन, गमबुट, थर्मलगनलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । कोरोनाको जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मीलाई गोरखा वेल्फेयर ट्रस्टबाट प्राप्त भएको सहयोग वितरण गरिने व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले बताए । ‘कोभिडको संक्रमण बढ्दै गएको बेला प्राप्त भएको स्वास्थ्य सामग्रीले आइसोलेसनमा बस्नेलाई सहयोग मिल्नेछ,’ उनले भने ।