पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजिनामा दिएसँगै प्रदेश प्रमुखले तिन दिनको समय सिमा बहुमत सदस्यको हस्ताक्षरसहित सरकारको नेतृत्वको दावी प्रस्तुत गर्न सुचना जारी गरेकी थिईन । त्यहि सुचनालाई आधार बनाएर गण्डकी प्रदेशमा रहेको नेपाली काँग्रेस ,एनेकपा(माओबादी) ,राष्ट्रिय जनमोर्चा र जनता समाजबादी पार्टीका सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेको सांसद रामजी बरालले गन्थन डटकमलाई बताए ।
स्रोतका अनुसार चारदलसँग बहमुत पुगेको छ । त्यो कसरी संभब भयो भन्ने कुरा भने रहस्यमा नै छ ।
२०८१ पुष ८ गते सोमबार