पोखरा/पार्टीले जारी गरेको ह्विप उलङ्गन गर्दै राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले काँग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्न नसक्ने बताएका छन् । काँग्रेस नेतृत्वको सरकारको पक्षमा हस्ताक्षर गर्न पार्टीले ह्विप जारी गरे पनि जनमोर्चाका संसदीय दलको नेता कृष्ण थापाले काँग्रेस नेतृत्वको सरकारलाई सहयोग नगर्ने बताएका हुन् ।
यद्यपी जनमोर्चाकै सांसद पियारी थापा र खिम बिक्रम शाहीले भने काँग्रेस नेतृत्वको सरकार बनाउन हस्ताक्षर गर्ने भएका छन्। पार्टीको ह्विप उलङ्गन गरेपछि उनीहरुलाई कारबाहि गर्छ कि गर्दैन त्यो भने हेर्न बाँकी नै छ । जनमोर्चाको एक सांसदले हस्ताक्षर नगरेसँगै ठुलो दलको आधारमा मुख्यमन्त्रीमा पुन पृथ्बी सुब्बा गुरुङ आउने छन् । उनले पनि एक महिना भित्र बिश्वासको मत लिनुपर्नेस अन्याथा मध्याबधी निर्वाचनमा जानुपर्ने बाध्यता सिर्जना हुन्छ ।
राष्ट्रिय जनमोर्चाले थापालाई कारबाहि गर्यो भने काँग्रेस नेतृत्वकै संभाबना नि जिवित नै छ ।
२०८१ पुष ८ गते सोमबार