पोखरा/अबिश्वास प्रस्ताब फेस गर्नु अघि नै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजिनामा दिएपछि अबको सरकार कस्को बन्छ भन्ने बिषयले चर्चा पाएको छ । काँग्रेस ,माओबादी र जसपा लगायतका प्रतिपक्षी दलले गुरुङलाई अबिश्वास प्रस्ताब पेश गरेर नयाँ मुख्यमन्त्रीको रुपमा काँग्रेसका सांसद कृष्णचन्द्र नेपालीलाई प्रस्ताब गरेको थियो । जनमोर्चाले भने सरकारमा सहभागी नहुने तर अबिश्वास प्रस्ताबको पक्षमा मतदान गर्ने जानकारी गराएको थियो ।
मुख्यमन्त्रीको राजिनामा पछि हामीले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका अध्यक्ष शंकर बराललाई अव जनमोर्चाले के गर्छ ? भन्ने प्रश्न गरेका थियौँ । जवाफमा बरालले पहिलेको सहमति कायम नै हुने बताएका छन् । त्यसपछि हामीले काँग्रेसको नेतृत्वको सरकारलाई नै सहयोग गर्ने हो ? भनि सोध्दा उनले भने ‘पुरानो सहमति कायम हुन्छ । जुन सरकार ढाल्न मतदान गर्ने भनेको थियौँ त्यसैलाई सहयोग गर्ने कुरा त हुँदैन नि ? बरु सरकारमा सहभागी नहुने निर्णय भने कायम नै छ ।
२०८१ पुष ८ गते सोमबार