थप ८८५० जनामा कोरोना संक्रमण , ८८ जनाले ज्यान गुमाए

पोखरा\पछिल्लो २४ घण्टामा नेपालमा ८८५० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोनाको कारण ८८ जनाले ज्यान गुमाएका छन् । शनिबारको डाटामा समाबेश नगरिएको २६ पनि मृतकको यो डाटामा समाबेश गरिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४०२२ जना कोरोना संक्रमित निको भएका छन् । कोरोना संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले सचेतता अपनाउन आग्रह गरेको छ ।
आजसम्म नेपालभर करिब ८० हजारको हाराहारीमा संक्रिय संक्रमितको पुगेको मन्त्रालयले बताएको छ ।

कमेन्टहरु
Loading...