दोलखाको भिमसेनलाई फेरि पसिना आयो

पोखरा\देशमा घट्ने बिभिन्न घटनाक्रमसँगै दोलखामा रहेको भिमसेन मन्दिरमा भिमसेन देउतालाई आउने पसिना बिचको संयोग अचम्मको छ । दोलखाको भिमसेनलाई पसिना आउँदा सत्तामा फेरबदल हुने वा कुनै ठुलो महामारी वा प्रकोप देशमा आउने बिश्वास गरिदै आएको छ । करिव एक वर्ष अगाडी कोरोनाको पहिलो लहर सुरु हुनुअगाडी पनि दोलखाको भिमसेनलाई पसिना आएको थियो ।
दोलखामा रहेको भिमसेनलाई फेरि पसिना आएको जानकारी प्राप्त भएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले बताए । भिमसेनमा पसिना आउनु र देशमा संकट उत्पन्न हुनुमा भने केहि संयोग देखिएको छ ।

कमेन्टहरु
Loading...