पोखरा ।
देशका बिभिन्न जिल्लाहरुमा जस्तै कास्कीमा पनि कोरोना संक्रमणको दर दिनदिनै बृद्धि भईरहेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको पछिल्लो रेकर्ड अनुसार आज कास्कीमा २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केही समय अघि मात्र निर्देशनालयले कास्कीमा १ सय ५ जनामा संक्रमण पुष्टि भएको विज्ञप्ती जारी गरेको थियो ।
कोरोना संक्रमितको संख्या बृद्धि भएसँगै सरकारी अस्पतालमा बेडको समस्या पैदा भएको छ भने निजि अस्पतालमा आम जनताले उपचार गर्ने अवस्था छैन ।