पारसको पोखरामा अल्ट्रालाइट सन्चलानमा

सागर राज तिमिल्सिना
पोखरा, ११ माघ/पोखराको आकास उड्ने अल्ट्रालाइट कम्पनीको संख्यामा बढेको छ । पछिल्लो समयमा फिस्टेल अल्ट्रालाइट फाइट कम्पनीले उडान शुरु गरे पछि पोखराको आकासमा अल्ट्रालाइटको उठाउने कम्पनीको संख्या ३ पुगेको छ । पछिल्लो पटक सन्चालनमा आएको अल्ट्रालाइटका सन्चालक पारस गौतम रहेका छन् ।

फिस्टेल अल्ट्रालाइट फाइट
फिस्टेल अल्ट्रालाइट फाइट

यस अगाडी एभिया क्लब र पोखरा अल्ट्रालाइटले उडान भर्दै गएका थिए । फिस्टेल अल्ट्रालाइटले १५ दिन देखि सेवा शुरु गरेको पोखरा विमानस्थलका प्रमुख प्रताप बाबु तिवारीले जानकारी दिए । करिब एक वर्ष पहिलेबाट सेवा सन्चालनका लागी प्यासरत फिस्टेलले केहि दिनको परिक्षण उठान पछि व्यावसायीक उठान थालेको हो ।

कमेन्टहरु
Loading...