पोखराका एकसहित गण्डकी प्रदेशमा थप दुईको मृत्यु

पोखरा\पछिल्लो समय गण्डकी प्रदेशमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । कोरोना संक्रमितको संख्या मात्र बढेको छैन बरु मृतकको संख्या पनि बढिरहेको छ । गण्डकी प्रदेशमा आज मात्र तिन जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाईसकेका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो समय पोखरा २९ का ४५ बर्षिय पुरुषको मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएको हो भने पर्वतका ८४ बर्षीय बृद्धको उपचारको क्रममा पर्वत जिल्ला अस्पतालमा निधन भएको हो ।
अहिलेसम्म गण्डकी प्रदेशमा कोरोनाको कारण ज्यान गुमाउने संख्या २३५ पुगेको छ ।

कमेन्टहरु
Loading...