पोखरा/देशभर कोरोना संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा थप ७२११ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयका अनुसार यो संक्रमण दर हालसम्मकै उच्च हो । मन्त्रालयले कोरोना संक्रमणको दर अत्याधिक बढेको हुँदा सबैलाई सचेत रहन आग्रह गरेको छ ।
आज थपिएका सहित गरि देशभर आजसम्म संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ जना संक्रमितले कोरोना संक्रमणको कारण ज्यान गुमाईसकेका छन् ।
