पोखरा । केहि दिन अगाडी राष्ट्रीय जनमोर्चाको सांसद खिम बिक्रम शाही हराएको भन्दै गण्डकी प्रदेश संसदको कामकारबाही रोक गर्न राष्ट्रीय जनमोर्चाकी सांसद पीयारी थापाले निवेदन दिएपछी गण्डकी प्रदेश सभाको बिशेष अधिवेशन अनिश्चित कालका लागि रोकिएको थियो ।
संसद स्थगनपछि सत्तापक्ष सरकार जोगाउने र प्रतिपक्षी सरकार ढाल्ने खेलमा लागेको छ ।
सत्तापक्षले सभामुखले पार्टी कार्यकर्ताको भुमिका खेलेको भन्दै संसद सुचारु गरेर देखाउन खुल्ला चुनौती दिएको छ ।
यो गतिरोधलाई तोड्नका निम्ति राष्ट्रीय जनमोर्चाले संसद सचिवालयमा आफ्नो दलको कारण अब संसद रोक्नुपर्दैन भन्ने आशयको निवेदन पेश गर्ने भएको छ । हराएको भनिएका सांसद शाहीसंग जनमोर्चाका नेताहरुले भेटिसकेपछि राष्ट्रीय जनमोर्चा निवेदन दर्ता गर्ने अबस्थामा पुग्यो हो ।
सभामुखले संसद बोलाएपनि सत्तापक्षले त संसदमा हरेकदिन सांसद अनुपस्थिति गराउने भनेको छ यस्तो अबस्थामा संसद चल्छ त भन्ने प्रश्नमा माओबादी तर्फका सांसद दीपक कोईरालाले भए -‘हराएको र नियतबस हराउन खोजिएकोमा फरक हुन्छ नि ? त्यसले केहि असर गर्दैन अविश्वास प्रस्ताव आएपछी त उहाँहरुले पनि बिश्वास मत लिनुपर्ने होला नि ? जे कारण संसद रोकिएको थियो त्यो त पुरा भयो नि अब संसद सुरुहुँदा कसैले टाउको दुखाउन पर्दैन ।’
यता मुख्यमन्त्रीले भने आफुहरुले पनि दैनिक एक सांसद अनुपस्थित गराएर सदन अवरोध गर्ने बताएका छन् ।
जनमोर्चाले संसद सुचारु गर्न निवेदन दिएसंगै सभामुखले सदन कसरी सुचारू गर्छन त्यो भने हेर्न बाँकी नै छ ।