तनहुँ संवादाता । रिसीङ गाउँपालिका–१ धारापानीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १७ यात्रु घाइते भएका छन् ।
मृत्यु हुनेमा व्यास नगरपालिका वडा नम्वर ५ बस्ने २५ वर्षीय मनु थापा रहेकी छन् ।
मंगलबार दमौलीबाट भीरकोट तर्फ जाँदै गरेको ग १ज ७६०० नम्वरको बोलेरो जीप अकस्मात अनियन्त्रित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
‘अनियन्त्रित भै दुर्घटना भएको जीप सडकबाट ८० मीटर तल खसेको थियो’,उनले भने ।
त्यस्तै घाइते भएका ९ जनाको दमौली अस्पतालमा उपचार भैरहेको छ भने पाँच जनालाई पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
केही घाइते भने सामान्य उपचार पस्चात घर फर्किएको प्रहरीले जनाएको छ ।