पूर्व राजा–रानीको अक्सिजन सपोर्टमा उपचार जारी

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्वरानी कोमल शााहलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको छ । केही दिन अगाडि कोरोना भाइरस संक्रमण भएपछि उनीहरुको दुवै जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।

कोरोना संक्रमितलाई हुन सक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतुले शाह दम्पतिलाई अक्सिजको सपोर्टमा राखिएको अस्पतालले आज दिउँसो सुचना जारी गर्दै जानकारी दिएको हो । अस्पताल स्रोतका अनुसार पूर्वअधिकारकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनुपरेको छैन । प्रेरणा पनि पूर्व राजा तथा पूर्व रानीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनीहरु ३ जनाको नै अवस्थता सामान्य र स्थिर रहेको अस्पतालले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...