सभामुखको जिल्लामा सरकारको निर्देशन अवज्ञा, वैशाखभरी विद्यालय खुल्ने

काठमाडौं । कोरोना संक्रमणलाई मध्यनजर गर्दै सरकारले देशभरीका विद्यालय तथा शिक्षालय पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिसकेको छ । विद्यालय सबै बन्द भइसकेका छन् । तर सरकारको निर्देशन अनुसार सिन्धुपाल्चोकका विद्यालय भने बन्द नहुने भएका छन् ।

जिल्ला समन्वय समिति तथा कोरोना संकट व्यवस्थापन केन्द्रले सोमबार आयोजना गरेको कोरोना संक्रमण, नियन्त्रण र व्यवस्थापन समन्वय बैठकले जिल्लामा रहेका सबै विद्यालय वैशाख मसान्तसम्म खुल्लै राख्ने निर्णय गरेको हो ।

सभामुख अग्नि सापकोटा समेत सहभागी बैठकले सबै विद्यालयको वार्षिक परीक्षा सम्पन्न गर्ने र त्यस पछि मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सभामुख समेत सहभागी भएको बैठकबाट नै विद्यालय सञ्चालन गर्ने निर्णय भएपछि निर्णयको चौतर्फी आलोचना भएको छ ।

वैशाख १२ गतेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठकले पछिल्लो परिस्थितिलाई नियाल्दै देशभरीका विद्यालयमा भौतिक उपस्थिति बिना भर्चुअल माध्यमबाट पठनपाठन गराउन निर्देशन दिएको थियो । साथै हिजो बसेको मन्त्रिपरिषद्कोक बैठकले समेत कोरोनाको अवस्थालाई मध्यनजर गर्दै देशभरीका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

कमेन्टहरु
Loading...