अमेरिकाको नेब्रास्कामा गोली चल्यो, २ जना घाइते

एजेन्सी । संयुक्त राज्य अमेरिकाको नेब्रास्का राज्यमा शनिबार एउटा मलमा चलाइएको गोली लागेर २ जना व्यक्ति घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार ओमाहा सहरको वेस्टरोड्स मलमा उक्त घटना भएको थियो ।

गोली चलाउने व्यक्ति फरार भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइते एक व्यक्तिको स्वास्थ्य अवस्था निकै नाजूक रहेको बताइएको छ । अर्का व्यक्ति भने सामान्य घाइते अवस्थामा छन् ।

दुवैको अस्पतालमा उपचार भइरहेको छ । गत बिहीबार राति इन्डियानापोलिसको फेडएक्स कार्यालयमा भएको गोलीकाण्डमा ८ जनाको मृत्यु भएको थियो । अधिकारीहरुले उक्त गोलीकाण्डका मुख्य शंकास्पद व्यक्तिले आत्महत्या गरेका जनाएको छ । रासस

कमेन्टहरु
Loading...