विद्यालय बन्द गर्ने वा नगर्ने भन्ने बारेमा स्थानीय तहले निर्णय गर्न सक्ने

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमलाई हेरेर अवस्थाका आधारमा अब विद्यालय बन्द गर्ने वा नगर्ने भन्ने विषयमा स्थानीय तहले आफ्नो क्षेत्रका विद्यालय बन्द गर्ने वा नगर्ने भन्ने बारेमा निर्णय गर्न पाउने भएका छन् । आज शिक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्ने वा नगर्ने भन्ने बारेमा जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहले निर्णय लिन पाउने बताएका हो ।

‘स्वास्थ्य तथा जनसंखया मन्त्रालयले संक्रमण फैलिएको वा संक्रमणको जोखिम उच्च भी पहिचान गरेका जिल्ला, सहर वा स्थान विशेषको हमका जिल्लाको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णय बमोजिम त्यस्ता विद्यालयहरु बन्द वा तोकिए बमोजिम सञ्चालन गर्नुहुन र बन्द गरिएको विद्यालयहरु पुनः सञ्चालन गर्दा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ मा तोकिएका विधि र प्रक्रियाहरुको पालना गर्नुहुन साथै विद्यालयहरु बन्द वा आंशिक रुपमा सञ्चालन भएको अवस्थामा विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम सिकाई क्रियाकपाललाई निरन्तरता दिनुहुन अनुरोध गरिन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो पटक कोरोना भाइरस बालबालिका तथा युवालाई बढी संक्रमण भइरहेको र विद्यालयमा भीडभाड हुने कार्यक्रम आयोजना नगर्न निर्देशन दिएको छ । विद्यालयमा वार्षिकोत्सव जस्ता भीडभाड बढी हुने कार्यक्रम आयोजना नगर्न निर्देशन दिइएको शिक्षा मन्त्रालयका सहसचिव दीपक शर्माले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...