काठमाडौं । विद्यालय बन्द गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने अधिकार स्थानीय सरकारलाई दिन सरकारलाई सरोकारवालाले सुझाव दिएका छन् । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्ने बाहनासहित विद्यालय बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् ।
आज शिक्षा मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी सरोकारवालाले विद्यालयको बन्द गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिन स्थानीय सरकारलाई जिम्मा दिन तथा कोरोनालाई देखाएर विद्यालय बन्द नगर्न केन्द्र सरकारलाई आग्रह गरेका हुन् ।
छलफलका क्रममा केहीले भने वैकल्पिक सिकाई तथा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुपर्ने सुझाव दिएका थिए ।
यता छलफलमा सहभागी शिक्षा मन्त्रालयका अधिकारीहरुले भने सुझावलाई जस्ताको तस्तै मन्त्रालयमा पेश गर्ने बताएका छन् । सुझावका आधारमा नै मन्त्रिपरिषदबाट आवश्यक निर्णय हुने उनीहरुको भनाई थियो ।
मन्त्रालयले बोलाएको छलफल कार्यक्रममा सहभागी भएका नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले जुन क्षेत्रको विद्यालयमा असर परेको छ, सोही अनुसार नै निर्णय लिनुपर्नेमा जोड दिएका छन् ।
कुनै एक स्थानको विद्यालयमा कोरोना भाइरसले असर ग¥यो भन्दैमा सबै क्षेत्रका विद्यालय बन्द गर्न नहुने उनले बताएका छन् ।