कोरोना बढेपछि भारतको उत्तरप्रदेशका शैक्षिक संस्था बन्द

कोरोना संक्रमणदर बढेपछि भारतको उत्तरप्रदेशका शैक्षिक संस्था बन्द गरिएको छ ।

आइतबारदेखी अप्रिल ३० सम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

यस्तै एक सयभन्दा बढी संक्रमित भेटिएका जिल्लाहरुमा रात्रिकालीन कर्फ्यू लगाउने निर्णय पनि भएको छ ।

लखनउ, कानपुर, गोरखपुर, गौतम बुद्धनगर, इलाहावाद, मेरठ, गजियावाद, बरेली र मुजफ्फरनगरमा रात्रिकालीन कर्फ्यू लगाइएको थियो ।

अब खुल्ला ठाउँमा १०० जना भन्दा बढी मानिसहरु जम्मा हुन प्रतिबन्ध लागेको छ ।

कमेन्टहरु
Loading...