कंगोमा विद्रोहीले हमला गरी २९ जना गाउँलेको हत्या

एजेन्सी । उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको बताइएको छ । युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्र्याटिक फोर्स (एडिएफ) ले कंगोको किभ प्रान्तको बेनी भन्ने स्थानमा शुक्रबार सो आक्रमण गरेको बताइएको थियो । त्यस आक्रमणमा परेर कम्तीमा पनि २९ जना सर्वसाधारण नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ ।

बेनीको प्रशासनले सो क्षेत्रमा कम्तीमा पनि २५ जना सर्वसाधारणको शव भेटिएको जानकारी गराएको छ । ती नागरिक सो क्षेत्रका स्थानीय रहेका समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँका गाउँमा भएको सो हमलामा स्थानीय नागरिककै हत्या भएको पाइएको छ । त्यसमा परेर ४ जना विद्रोही मारिएका छन् । ती विद्रोहीहरु गाउँलेले प्रतिकार गर्ने क्रममा ज्यान गएको समाचारमा जनाइएको छ ।

सो क्षेत्रमा अरु कम्तीमा ५० जना सर्वसाधारण हराएका छन् । उनीहरुलाई ती विद्रोहीले अपहरण गरेर लगेका यहाँको सैनिक स्रोतले जनाएको छ । हत्याको कारण खुल्न सकेको छैन । यहाँको सैनिकले ती हत्याराको खोजी जारी रहेको बताएको छ । रासस

कमेन्टहरु
Loading...