२० करोड मानिसलाई खोप लगाउने जो बाइडेनको बाचा

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको पहिलो सय दिनमा २० करोड नागरिकलाई कोरोनाभाइरसको खोप लगाउने बाचा बाइडेनले गरेका छन् । ह्वाइट हाउसको पहिलो पत्रकार सम्मेलनमा १ सय दिनमा बाइडेनले आफ्ना प्राथमिकताबारे उक्त कुरा बताउनु भएको छ । बाइडेनले आफ्नो पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप दिने बताएका हुन् ।

‘मलाई थाहा छ यो यो लक्ष्य महत्वकांक्षी छ, हाम्रो यसअघिको लक्ष्यभन्दा यो दोबर हो ।’ उनले भनेका छन्, ‘तर यो लक्ष्यमा हामीले गरे जति अरू कुनै देश हाम्रो नजिक पनि आउन सकेका छैनन् र मलाई विश्वास छ कि हामी यो वाचा पनि पूरा गर्नसक्छौं ।’

अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको खोपको करिब १३ करोड मात्रा दिइसकिएको छ । अमेरिकी स्वास्थ्य अधिकारीअनुसार दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको छ ।

करिब एक घन्टा चलेको पत्रकार सम्मेलनमा बाइडेनलाई बन्दुक नियन्त्रणदेखि विदेश नीतिसम्मका थुप्रै विषयमा प्रश्न गरियो तर कुनै पनि पत्रकारले स्वास्थ्य संकट र कोरोनाभाइरसको महामारीबारे प्रश्न गरेनन् । रासस

कमेन्टहरु
Loading...